चैत १५, २०८०, बिहीबार
               

कोरोनाबाट मर्नेको संख्या ११ हजार नाघ्यो

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुगेकाे छ । 

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ छ । १ लाख १० हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउने संख्या ५४ लाख ७३ हजार पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि