बैशाख ०७, २०८१, शुक्रबार
               

संखुवासभा हत्या प्रकरण : तालिमप्राप्त कुकुर ल्याइँदै

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

मादी नगरपालिका-१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी-१ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रै पुगेको छ । 

आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी-१ स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट एसपी दाहालको टोली तालिमप्राप्त कुकुर लिएर मादी आउँदै गरेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी प्रहरी निरिक्षक खतिवडाले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गरेको छ । हत्या भएका ५८ वर्षीय कार्कीको शव सडकको भित्तामा मृत फेला परेको फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताए । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ ।

५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव खोल्सामा फेला परेको उनले बताए । त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दिपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान कार्की भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । सदरमुकाम  खाँदबारीबाट घटनास्थल पुग्न ६ घन्टा लाग्छ । 


कस्तो लाग्यो ?

यो पनि