बैशाख ०८, २०८१, शनिबार
               

एसिड पीडित आरतीलाई प्रदेश सरकारको पाँच लाख रुपैयाँ सहयोग

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

आफ्नै श्रीमानले एसिड प्रहार गर्दा घाइते भएकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले बिहीबार बिहान एसिड पीडित आरतीलाई पाँच लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । 

गत १९ कात्तिकमा दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुराली पुगेका सञ्जीव साहले पेठिया बजारमा श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । 

सो घटनामा जिल्ला अदालत धनुषाले यसअघि उनलाई दोषी ठहर गरेको थियो । यसै घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई भने अदालतले सफाइ दिएको थियो ।

घटनापछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान् र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो ।

दुवैजनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत गरी तीनवटा कसुरको सजायका लागि मागदाबी गरिएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तनलगायतका अंग कुरुप बनेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि