बैशाख ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनका प्रमुखहरुको बैठकले कोरोना संक्रमितको संख्या बढिरहेकाे भन्दै साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २७ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

सबै प्रकारका सभा, सम्मेलन, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन रोक लगाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि