बैशाख ०७, २०८१, शुक्रबार
               

२ हजार ९७७ जनामा संक्रमित थपिए

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

नेपालमा शुक्रबार थप २ हजार ९७७ संक्रमित थपिएका छन् । देशभर गरिएको १३ हजार ६९८ पिसिआर परीक्षणका क्रममा १ हजार ९८२ जना र ३ हजार ६१० एन्टीजेन परीक्षणका क्रममा ९९५ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ । त्यस्तै कोभिड कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ६७८ जना निको हुँदा हालसम्म नेपालमा ६ लाख ३९ हजार ३६८ संक्रमित निको भएका छन् । हाल नेपालमा २७ हजार ६६१ सक्रिय संक्रमित आइशोलेशन र ३३५ जना क्वारेन्टाइनमा छन् ।


कस्तो लाग्यो ?

यो पनि