चैत १६, २०८०, शुक्रबार
               

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारको बजेट

नेपाल फ्ल्यास
साउन ०८, २०७८

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए ।

कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले आइसोलेशनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताए ।

अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि