बैशाख ०७, २०८१, शुक्रबार
               

८१ किलो गाँजासहित एक जना पक्राउ

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

मकवानपुर । ८१ किलो लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको मनहरी गाउँपालिका –८ सिमपानीबाट प्रहरीले ८१ किलोगाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकिराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा लुकाई राखेको गाँजा ८१ किलो ३ सय ५० ग्राम फेला परेको थियो ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने बर्ष ४२ को बाबुराम नेगी रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि