असोज ०७, २०७८, बिहीबार
               

मनाङमा फेरि बाढीको वितण्डा : चामेको झोलुंगे पुल बगायो, अर्को जोखिममा

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

मनाङ । मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिएका छन् ।

झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै, चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको उनले बताए । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्‍याएको छ । बाढीले सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा हुनेबित्तिकै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।

यो पनि