बैशाख ०४, २०८१, मंगलबार
               

मुख्यमन्त्री पोखरेलको प्रेस संयोजकमा भरत कोइराला नियुक्त

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र (नेपाली) पोखरेलको प्रेस संयोजकमा आदर्श समाज दैनिकका सम्पादक भरत कोइराला नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशकअघि अन्नपूर्ण पोष्टदेखि पत्रकारिता सुरु गरेका कोइरालाले केन्द्रीय डेस्कमा कार्यरत रहनाका साथै २०६५ सालदेखि पोखरामा दि हिमालयन टाइम्स र अन्नपूर्ण पोष्टको ब्युरो चिफ सम्हालेका थिए ।

विसं २०७२ देखि समाधान दैनिकमा आबद्ध उनले त्यहाँ कार्यकारी सम्पादकको भूमिकामा रहेकोमा गत वर्ष पुसदेखि आदर्श समाजमा सम्पादकको जिम्मेवारी सम्हालेका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुन् । 


कस्तो लाग्यो ?

यो पनि