चैत १६, २०८०, शुक्रबार
               

आज ३ हजार ८२ संक्रमितले जिते कोरोना

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ।

नेपालमा आज २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ। यससँगै संक्रमितको कूल संख्या ६ लाख १५ हजार ३० जना पुगेको छ। 

आज काठमाडौं उपत्यकामा ४९९ जना थपिएका छन् । जस मध्ये काठमाडौंमा ३५४, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जना रहेका छन् । साथै आज ५२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि