बैशाख १२, २०८१, बुधबार
               

राप्तीको बाढीमा फसेका ४ जनाको उद्धार

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

राप्ती नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा भैंसी पाल्नका लागि अस्थायी गोठ बनाएर बसेका स्थानीय ४८ बर्षीय मनराम चौधरी, राजपुर गाउँपालिका वडा नम्बर २ की ४५ बर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव र राजपुर ३ का २६ वर्षीय गणेश यादव राप्ती नदीमा आएको बाढीका कारण बीचमा फसेका थिए ।

उनीहरुको बुधबार बिहान करिब ९ बजेतिर सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो ।

अविरल बर्षाको कारण लमही ७ हस्नापुर र  राजपुर गाउँपालिकाको बेला घाटबीच टापुमा फसेका उनीहरुको उद्धार गर्नको लागि सशस्त्र प्रहरी बल भालुवाङबाट उपरीक्षक टोपबहादुर खनालको कमाण्डमा ९ जना र लमहीस्थित अर्जुन खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पबाट थप १६ जना सशस्त्र प्रहरी रबरबोट तथा उद्धार सामग्री साथ बुधबार बिहान ६ बजे नै घटनास्थल पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि