बैशाख ०८, २०८१, शनिबार
               

आज पनि धेरै स्थानमा भारी वर्षाको सम्भावना

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकादेखि अन्य धेरै जिल्लाहरुमा बदली भइ वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी र गण्डकी प्रदेशको उच्च स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि