बैशाख ०७, २०८१, शुक्रबार
               

निरन्तरको वर्षाले जनजीवन प्रभावित

नेपाल फ्ल्यास
जेठ २९, २०७८

ADVERTISEMENT

कामठमाडौं । बंगालको खाडीबाट नेपालमा मनसुन प्रवेश गरेसँगै निरन्तर वर्षा भइरहेको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  शुक्रबारदेखि आज (शनिबार) बिहानसम्म काठमाडौं उपत्यका लगायत केही जिल्लाहरुमा वर्षा भइरहेको छ ।

निरन्तरको वर्षाले जनजीवन नै कष्टकर बन्न थालेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन रचट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि