चैत १६, २०८०, शुक्रबार
               

आजदेखि मनसुन सुरु

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ । पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौंलगायत क्षेत्रमा पनि वर्षा भएको छ ।  देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।  

यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि