चैत १६, २०८०, शुक्रबार
               

पेस्तोल र लागूऔषधसहित वृद्ध पक्राउ

नेपाल फ्ल्यास
जेठ २८, २०७८

ADVERTISEMENT

सुनसरी । सुनवर्षी नगरपालिका-८ विश्वकर्मा टोल बस्ने ६० वर्षीय अब्बास मियालाई १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कुसहित  प्रहरीले पक्राउ गरेको छ ।

मियाको घरमा हातहतियार राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि