बैशाख १३, २०८१, बिहीबार
               

अवैध ३० लाख नगदसहित पक्राउ

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

भारतबाट नेपालतर्फ अवैध रुपमा पैठारी गरी ल्याउँदै गरेको नगद ३० लाख ७६ हजार रुपैयाँ सहित २ जनालाई परोहा नगरपालिका-९ रामपुरखापबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी घोडासन बस्ने २२ वर्षीय बन्टी कुमार कलवार र सोही ठाउँ बस्ने २० वर्षीय सुरज कलवार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

उनीहरूकाे साथबाट उक्त रकम फेला पारी पक्राउ गरेकाे हाे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि