बैशाख १२, २०८१, बुधबार
               

आज बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत केही तराइका जिल्लाहरुमा मौसम सामान्य बदली भइ गर्मीको महसुस गरिएको छ । साथै उच्च हिमाली भू–भागका केही जिल्लामा भने हावाहुरी र हिमपातसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, २ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य स्थानहरूमा आंशिक प्रभाव पर्ने बताइएको छ । साथै प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि