साउन १३, २०७८, बुधबार
               

ब्राउन सुगर : दुई महिलासहित चारजना पक्राउ

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुेरेन्टबाट होटल सञ्चालीक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ प्याकेट ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो । प्रहरीका अनुसार होटलमा सल तथा फ्यानमा लुकाइछिपाइ राखेको अवस्थामा खोजतलास गर्दा ८१ प्याकेट (सात ग्राम ४५० मिलिग्राम) ब्राउन सुगर भेटिएको थियो ।

पक्राउ पर्नेमा अन्दाजी ५२ वर्षीया होटल सञ्चालीक महिला विष्णुदेवी शाही, गुराँस गाउँपालिका–५ दैलखकी २१ वर्षीया सरु शाही, वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतका गौरव क्षेत्री र वडा नं ९ सुर्खेत निवासी प्रदीप खत्री रहेको बताइएको छ ।

साथै पाँचवटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र स्रोत नखुलेको विभिन्न दरका नेपाली र भारतीय नोट तथा पाँच लाख आठ हजार २०० रुपैयाँ बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यो पनि