बैशाख ०७, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम परिवर्तन भइ हल्का बदली रहेको छ ।

साथै, उच्च पहाडी जिल्लामा भने हल्का वर्षा र हिमपातको सम्भावना कायम नै रहेको छ । त्यस्तै, दिउँसो पनि प्रदेश १ र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रहने छ भने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि