बैशाख १२, २०८१, बुधबार
               

यस्तो छ आज मौसमको प्रभाव

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान माहाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यका लगायत अन्य धेरै जिल्लाहरुमा पहिलेको तुलनामा परिवर्तन भइ हल्का घाम लागेको छ भने केही भू–भागमा बदली हुनुका साथै उच्च पहाडी जिल्लामा हल्का वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेख सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

साथै, प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि