चैत १६, २०८०, शुक्रबार
               

आज पनि हावाहुरीसहित वर्षा, सतर्क रहन आग्रह

नेपाल फ्ल्यास
जेठ १६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज मौसम बिहानैदेखि पहिलेको तुलनामा परिवर्तन भइ देशका केही स्थानमा घामका किरण देखिएको छ ।

त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको  छ । 

साथै, राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि