बैशाख ०८, २०८१, शनिबार
               

देशका अधिकांश भागमा भारी वर्षाको सम्भावना

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि भारी वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्णतया बदली रहने छ । कतिपय भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनेछ ।

हिमाली र उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुनेछ । 

गण्डकी प्रदेशका केही स्थानमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको पूर्वानुमान छ ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि