बैशाख १३, २०८१, बिहीबार
               

थप ७ अस्पतालमा अक्सिजन प्लान्ट

नेपाल फ्ल्यास
जेठ १२, २०७८

ADVERTISEMENT

बागमती प्रदेश सरकारले मातहतका विभिन्न जिल्लाका विभिन्न थप सात अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि काम अघि बढाएको छ । प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो ।  

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो । 

करीब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ ।  प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये छ अस्पतालमा यसअघि नै  अक्सिजन प्लान्ट जडान भइसकेका छन् । मन्त्रालयले यसअघि १३ वटै जिल्लाका लागि ‘एक/एक जिल्ला एक पिसिआर मेशिन’ को निर्णय गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि