बैशाख १२, २०८१, बुधबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा मौसम पहिलेको तुलनामा परिवर्तन भइ तराइका जिल्लाहरुमा हल्का गर्मी महसुस हुनुका साथै उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षा कायमै रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली तथा पहाडी भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ । यसैगरी राति पनि प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली तथा पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि