बैशाख ११, २०८१, मंगलबार
               

घाँटी रेटेर दुई बालकको हत्या

नेपाल फ्ल्यास
जेठ ०४, २०७८

ADVERTISEMENT

बारा । कलैयामा दुई बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । ‘ सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उनले भने ।

प्रहरीका अनुसार थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाएकाे छ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए । 

 


कस्तो लाग्यो ?

यो पनि