चैत १६, २०८०, शुक्रबार
               

आजको मौसम : हावाहुरीसहित वर्षा

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लाहरुमा मौसम सफा रही घाम लागेको छ ।

साथै, देशमा उच्च हिमाली जिल्लाहरुमा भने हल्का हिमपात र वर्षा कायम नै रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यसेगरी राति पनि देशभर सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि