बैशाख ०४, २०८१, मंगलबार
               

यस्तो छ आज देशभरको मौसम

नेपाल फ्ल्यास
बैशाख २५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत अन्य केही जिल्लाहरुमा पहिलेको तुलनामा मौसम परिवर्तन भइ सामान्य बदली तथा हल्का घामको किरण देखिएको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलि रहने छ । साथै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति पनि देशका प्रदेश १, प्रदेश २ तथा बाँकी प्रदेशहरुका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम साथै प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि