बैशाख १३, २०८१, बिहीबार
               

बुटवल अस्पतालमा कोरोना संक्रमित एक महिला र पुरुषको मृत्यु

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ , बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा प्यूठान स्वर्गद्वारी–९ निवासी ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आज विहान मृत्यु भएको बताइएको छ । त्यस्तै चैत २३ गते भर्ना भएकी महिलाको पनि बिहान मृत्यु भएको अस्पतालको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि