बैशाख ०८, २०८१, शनिबार
               

कटुवा पेस्तोलसहित दुई भारतीय र एक नेपाली पक्राउ

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले एक थान कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय  महता प्रसाद खटिक, सोही ठाउँका ५५ वर्षीय नकछेद पाछी र बाँकेको कोहलपुर नगरपालिका– १४ निवासी ३२ वर्षीय  सुरज लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुलाई शुक्रबार साँझ बाँकेको कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट पेस्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि