बैशाख ०७, २०८१, शुक्रबार
               

विमानस्थलबाट १ किलो सुनसहित एक भरिया पक्राउ

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

करिब एक किलो सुनसहित प्रहरीले विमानस्थलबाट एक युवकलाई पक्राउ गरेकाे छ । विमानस्थलमा खटिएको प्रहरी र विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राती नियन्त्रणमा लिएको हो । 

उनी मङ्गलवार राति फ्लाइ दुवईको उडानबाट काठमाडौं ओर्लिएका थिए । सुरुमा प्रहरीले उनको साथमा रहेको ५० ग्रामको सुनको बाला नियन्त्रणमा लिएको थियो । त्यसपछि पनि स्क्रिनिङ मेसिनमा सुन देखिएको थियो । तर उनको झोला खोज्दा काही कतै केही भेटिएन। पछि उनले ल्याएको कुकुरको तल्लो भाग फोडेर हेर्दा सुन भेटिएको थियो।

उनी भरिया मात्र भएको खुलेको छ । दुवईबाट ४/५ हजार रुपैयाँ दिएर विमानस्थल बाहिर लिन आउने मानिसलाई सामान दिने सर्तमा पठाएको उनले बयान दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि