बैशाख ०७, २०८१, शुक्रबार
               

यातायात मजदुरबीच झडप हुँदा एकको मृत्यु

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

जाजरकोट । जाजरकोटमा यातायात मजदुरबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरको दुई समूहबीच झडप हुँदा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावलको मृत्यु भएको हो । 

झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल घाइते भएका छन् । घटनामा संलग्नको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि