बैशाख ०८, २०८१, शनिबार
               

होली : बागलुङमा केटीलाई रङ दल्दा झडप, दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत १६, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार होली पर्वको दिन बागलुङमा युवाबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा दुइ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा डिएसपी इकवाल हवारीले जानकारी दिए ।

जंगलमा भर्खरका युवा र युवतीहरुको जमघट र होली खेल्दा केटीलाई रङ दल्ने क्रममा झडप हुन गएको उनले बताए । उक्त झडपमा प्रकाश कुवँर र दिपक दमाइको मृत्यु भएको  डिएसपी इकवाल हवारीले बताए ।

उनले सोही घटनामा सामान्य घाइते भएका तीन जना उपचारपछि घर फर्किएको बताए । मृतकको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक हवारीले बताए । घटनाबारे अनुसन्धान भइरहेकाले थप विवरण आउने यनले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि