बैशाख १३, २०८१, बिहीबार
               

स्ट्रोङ पासवर्ड राख्न फेसबुक प्रयोगकर्तालाई साइबार ब्युरोको अनुरोध

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरी साइबार ब्युरोले फेसबुक प्रयोगकर्तालाई स्ट्रोङ पासवर्ड राख्न अनुरोध गरेको छ ।

पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी साथीभाइ तथा आफन्तसँग पैसा माग्ने क्रम बढेको भन्दै साइबर ब्युरोले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै प्रयोगकर्तासँग सो अनुरोध गरेको हो । 

साइबर ब्युरोले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल आइडीबाट साथीभाइसँग रकम माग्ने र अनाधिकृत पहुँच पुर्‍याउने कार्य बढ्दै गएको बताएको छ । ‘यस किसिमका सूचना तथा निवेदन यस ब्युरोमा प्राप्त भइरहेको हुँदा आफूले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जालक पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमको राख्न हुन अनुरोध छ,’ ब्युरोको सूचनामा भनिएको छ, ‘सुरक्षाका लागि समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र मल्टी फ्याक्टर अथेन्टिकेसन सेट गरी सुरक्षित रुपमा सामाजिक सञ्जालको सदुपयोग गर्नुहुन अनुरोध गर्छौँ।’


कस्तो लाग्यो ?

यो पनि