चैत १५, २०८०, बिहीबार
               

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ सुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷ चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ । जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताए, “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उनले भने । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि