चैत १६, २०८०, शुक्रबार
               

मनकामना मन्दिर आइतबारबाट खुल्ने

नेपाल फ्ल्यास
मंसिर २३, २०७७

ADVERTISEMENT

काठमाडौं । बिगत ९ महिनादेखि बन्द रहेको मनकामना मन्दिर र केवलकार आइतबारबाट खुल्ने भएकाे छ । मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले खुलाउने निर्णय गरेकाे हाे । 

स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, स्थानीयस्तरको उद्योग वाणिज्य संघको बजार इकाइसँग समन्वय गरी आउँदो आइतबारबाट केवलकार चलाउने तयारी गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि