बैशाख ०८, २०८१, शनिबार
               

किशोरीलाई खाइरहेको अवस्थामा चितुवालाई स्थानीयले मारे

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

डडेलधुरा । डडेल्धुरामा किशोरीको ज्यान लिएको चितुवालाई स्थानीयले मारेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महतको ज्यान लिएको चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउदले बताए ।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले सोमबार साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको साउदले जानकारी दिए ।

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका- १ मर्मागाड पुगेकी किशोरीको दिउँसो साढे २ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि