बैशाख १२, २०८१, बुधबार
               

काठमाडौंबाट पछिल्लो ६ दिनमा १ लाख ४३ हजार यात्रु बाहिरिए

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । गत वर्षकाे दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट करिब १२ लाख यात्रु बाहिरिएका थिए भने गत वर्षकाे तुलनामा यस वर्ष न्यून यात्रु मात्र बाहिरिएका छन्  । त्यस्तै २०७५ काे दशैँमा साढे १० लाख यात्रु बाहिरिएका थिए ।

घटस्थापनादेखि बिहीबारसम्म ६ दिनमा करिब १ लाख ४३ हजार यात्रु मात्र बाहिरिएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कात्तिक १ गते घटस्थापनाका दिन २१ हजार ४७८ जना यात्रु बाहिरिएका छन्  । यही दिन १६ हजार ६४९ यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ । 

त्यस्तै कातिक २ गते २३ हजार ३९२ जना, कातिक ३ गते २३ हजार ८३६ जना, कातिक ४ गते २२ जहार २९९ जना, कातिक ५ गते २५ हजार २१८ जना र कातिक ६ गते २६ हजार ५४६ जना गरी पछिल्लो ६ दिनमा १ लाख ४२ हजार ७६९ यात्रु बाहिररिएका हुन् ।  असोज १ गतेयता ६ लाख २८ हजार ७६ जना यात्रु भित्रिएका छन् । भने ७ लाख २१ हजार ८४५ सय यात्रु बाहिरिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि