चैत १६, २०८०, शुक्रबार
               

कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

वालिङ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित हरियाली ग्रुपको कालिज फार्मभित्र पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र चितवनबाट आएको डार्टिङ टोलीले शुक्रबार राति चितुवालाई जिवितै नियन्त्रणमा लिएको हो ।

डार्टगनको सहायताले लठ्याउने सुई लगाएर चितुवालाई नियन्त्रणमा लिएर खोरबाट बाहिर निकालिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए । जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौला, भेटनरी प्राविधिक किरणराज रिजाल, वन्यजन्तु प्राविधिक दिप्रसाद चौधरी र जुनियर वन्यजन्तु प्राबिधिक सुरेन्द्र चौधरीको टोली चितवनबाट आएको थियो । 

दुईदेखि तीन वर्षको उक्त पोथी चितुवा १८४ सेन्टिमिटर लम्बाइ, ५२ सेन्टिमिटर उचाइ र ३५ केजी तौल भएको उद्धार टोलीले जनाएको छ । चितुवा पसेको फार्मभित्र ६५ दिनका ४५० वटा कालिजका चल्ला थिए । चितुवाले पुर्याएको क्षतिको विवरण आज संकलन गरिने हरियाली ग्रुप प्रालिका महाप्रबन्धक शेरबहादुर केसीले बताए । 

हरियाली ग्रुपले धौलागिरि क्षेत्रमै पहिलो पटक वनकुखुरा भनिने कालिज पालन सुरु गरेका छन् । समूहले पालेको ‘राउननेक’ जातको कालिज पाल्नलाई सरकारले अनुमति दिएको छ । ६ महिनाका कालिज दुई किलोका भएका छन् । पछिल्लो पटक संशोधित वन ऐनले कालिज पाल्न पाउने व्यवस्था गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि