बैशाख ०८, २०८१, शनिबार
               

क्वारेन्टाइनका सुरक्षा गार्डले गरे आत्मदाह

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको देवदहस्थित क्वारेन्टाइननका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । 

देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।

आगोले जलेर गम्भीर घाइते भएका बस्याललाई देवदह मेडिकल कलेजमा दुई घण्टा उपचार पश्चात पाल्पा मिसन अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था जटिल देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । 

घटनाको कारणबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको डीएसपी राठौरले बताए ।


कस्तो लाग्यो ?

यो पनि