बैशाख ०८, २०८१, शनिबार
               

युवाहरुको प्रदर्शनमाथि मनिषा कोइरालाको यस्तो टिप्पणी

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध युवाहरुले गरिरहेको प्रदर्शनको विषयमा टिप्पणी गरेकी छिन् ।

प्रदर्शनको टाइमिङमाथि मनिषाले प्रश्न गरेकी हुन् । कम्तीमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु (प्रदर्शन गर्नु) उचित नभएको उनको आशय छ ।

संघीय संसदमा आज (शनिबार) देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन हुँदैछ । 

त्यसैले आजको दिनमा सरकारविरोधि प्रदर्शन नगर्न सामाजिक सञ्जालमा धेरैले आग्रह समेत गरेका थिए । यसै विषमा मनिषाले पनि आफ्नो विचार राखेकी हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा मनिषाले लेखेकी छन्, 'टाइमिङमा निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । सरकारले अहिले यति ठूलो कदम चाल्न गइरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?'

यसअघि मन्त्रिपरिषदले लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा पारित गर्दा मनिषाले त्यसको समर्थनमा ट्विट गरेकी थिइन् । उक्त ट्विटलाई लिएर भारतीय मिडिया मनिषामाथि निकै खनिएका थिए । 

एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल आएकी छन् । नेपाल आएर उनी क्वारेन्टाइन (एक होटल) मा बसिरहेकी छन् ।

 


कस्तो लाग्यो ?

यो पनि