बैशाख ०७, २०८१, शुक्रबार
               

८५ वर्षकी हजुरआमाले डेटका लागि विज्ञापनमार्फत मागिन् लक्काजवान
एकपटक ३५ वर्षभन्दा कम उमेरका पुरुषसँग डेट गर्न चाहेको भन्दै पत्रिकामा विज्ञापन पनि दिएकी थिइन्

एजेन्सी
असार २६, २०७८

ADVERTISEMENT

८५ वर्षकी एक अमेरिकी महिला अहिले  नयाँ ब्वाईफ्रेन्डको खोजीमा छिन्। न्युर्योक बस्ने हेटी रेट्रोएजले तीन वर्षअघि आफ्ना ३९ वर्षीय ब्वाईफ्रेन्डसँग ब्रेकअप गरेकी हुन् । 

पहिलो पटक डिभोर्स हुँदा यी महिलाको उमेर ४८ वर्ष थियो । त्यसयता, उनी सधैं कम उमेरका पुरुषहरूसँग डेट गर्न रुचाउँछिन् । जबकी, यी महिलाका दुई सन्तानमात्रै नभएर तीन नातिनातिना पनि वयस्क भइसकेका छन् । हेरी १९८४ मा आफ्ना पूर्वपतिसँग अलग भएकी थिइन् । त्यसयता उनका पतिले नै सन्तानको देखभाल गरेका हुन् । 

टिन्डरमा ब्लक 

हेटी सातामा तीनपटक टिन्डर डेटमा जान्थिन् । यद्यपि, अहिले यस एप्सले उनलाई ब्लक गरिदिएको छ । त्यहीकारण उनले नयाँ डेटिङ एप्स प्रयोग गर्न थालेकी छन् । उनी पहिले डान्सर थिइन् र अहिले एक लाइफ कोच र लेखकका रुपमा काम गर्छिन् । 

अखबारमा विज्ञापन 

२०१८ मा उनी आफ्ना ३९ वर्षीय पूर्वप्रेमी जोनसँग एक टेलिभजन शोमा देखिएकी थिइन् । टिभी शोमा आइसकेपछि उनले जोनसँग डेट गर्न बन्द गरिन् । यसबाहेक उनले एकपटक ३५ वर्षभन्दा कम उमेरका पुरुषसँग डेट गर्न चाहेको भन्दै पत्रिकामा विज्ञापन पनि दिएकी थिइन् । यसपछि डेट गर्नेहरूको निवेदन ठूलै आएको उनकाे स्मरण छ ।


कस्तो लाग्यो ?

यो पनि