चैत ३०, २०७७, सोमबार
               

एमाले संसदीय दलको बैठकमा गौतम पनि सहभागी

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

यसअघि गौतमले पार्टीभित्रको विवाद मिलाउनका लागि भन्दै छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए । उनले शुक्रबार सबैलाई बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल–खनाल समूहले भने यसअघि नै सहभागी नहुने निर्णय गरिसकेको छ । संसदीय दलको बैठकपछि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यो पनि