असार ०२, २०७८, बुधबार
               

७० वर्षकी चरीले कोरलिन् बचेरो

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

विश्वकै सबैभन्दा जेठी जंगली चरी विज्डम द एल्बाट्रसले कम्तीमा ७० वर्षको उमेरमा बचेरो कोरलेकी छन्।

अमेरिकी फिश एन्ड वाइल्डलाइफ सर्भिसका अनुसार लेसेन एल्बाट्रसले उत्तर प्रशान्त महासागरस्थित एउटा वन्यजन्तु आरक्षमा फेब्रुवरी १ मा उनले सो बचेरो कोरलेकि हुन् । 

वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट सो बचेरो पाएकी हुन्। सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन्।

सामान्यतया लेसेन एल्बाट्रसहरू १२ देखि ४० वर्षसम्म बाँच्छन्। तर, विज्डमलाई सन् १९५६ मा अनुसन्धानकर्ताहरूले पहिलोपटक पहिचान गरेका थिए।

यो पनि