चैत १६, २०८०, शुक्रबार
               

केटू-१४१बी नामक ग्रहमा पानीको सट्टा चट्टानको वर्षा

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

केटू-१४१बी (K2-141b) नामक ग्रहमा पानीको होइन, चट्टानको वर्षा हुन्छ। त्यहाँका समुद्रहरू ज्वालामुखीबाट निस्किने लाभाबाट बनेका छन् र ती १०० किलोमिटर गहिरा छन्। अनि त्यहाँ चल्ने हुरी ध्वनिको गतिभन्दा चार गुना बढी वेगले चल्छन्।

"यो अत्यन्तै गजबको ग्रह छ जहाँ मौसम चरम खालका छन्, जहाँ खनिजको वर्षा र हिमपात हुन्छ अनि जहाँ ध्वनिभन्दा धेरै वेगमा हुरी चल्छ," खगोलशास्त्री तथा प्रमुख लेखक ट्यु ग्याङ् नगुयेनले बीबीसीलाई बताए।

"यो बस्नलाई उचित ठाउँ होइन तर अध्ययन गर्नको निम्ति गजबको ग्रह हो। हामीले पृथ्वीमा त्यतिकै ग्रहण गरिरहेका कुराहरूको तुलना गर्दा त यो ग्रह बिछट्टको छ!" उनका सह-अन्वेषक प्राध्यापक निकोलस कोवनले भने।

भारत तथा क्यानडाका खगोलशास्त्रीहरूसँग मिलेर उनीहरूले केटू-१४१बी ग्रहका पछिल्ला खोजबारे नयाँ लेख प्रकाशित गरेका छन्। बिबिसी


कस्तो लाग्यो ?

यो पनि