बैशाख १३, २०८१, बिहीबार
               

खोला किनारमा भेटियो पहेँलो कछुवा

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

घोराही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा पर्ने दोलई खोला किनारमा पहेँलो रङको कछुवा भेटिएको छ । स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले माछा मार्ने क्रममा बिहीबार उक्त कछुवा भेटाएका हुन् । 

राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीका अनुसार खोलामा भेटिएको कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले  सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको थियो । 

संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीले उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको जानकारी दिए । उक्त कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको हो ।  यसको तौल ३० केजीसम्म हुने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि