चैत १६, २०८०, शुक्रबार
               

मलेसियामा मृत्यु भएका २४ नेपालीहरुको शव र तीनवटा अस्तु आज ल्याइयो

नेपाल फ्ल्यास
साउन ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगारका सिलसिलामा मलेसियामा पुगेका नेपाली कामदारहरुको विभिन्न समयमा मृत्यु भएका थिए । उनीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।

सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।


कस्तो लाग्यो ?

यो पनि