बैशाख ०७, २०८१, शुक्रबार
               

एक युवती जो प्रेमको लागि १० वर्षसम्म ‘कैदी’ बनिन्

नेपाल फ्ल्यास
जेठ २९, २०७८

प्रतीकात्मक फोटो
ADVERTISEMENT

पछिल्लो समय  प्रेम विकृत देखिँदै आएको छ । युवायुवतीबीचको प्रेम फेसनमा परिणत हुँदा प्रेममा बलिदान अनि अमर हुने कुरा केवल भावनात्मक कुरा मात्र हो भनिन्छ । तर भारतको भारतको केरलामा एक युवतीले आफ्नो प्रेमको लागि एक वर्ष होइन दश–दश वर्ष काल कोठरीमा बसेकी छन् । बीबीसी हिन्दीमा प्रकाशित सामाग्री बाट भारतको एक घटना यहाँ चर्चा गर्दैछौं ।

घटना केरलाको पालक्काड जिल्लाको हो । त्यहाँको एउटा टायलले छाएको घरको साँघुरो कोठामा १० वर्ष थुनिइन् एक युवती । उनलाई कुनै अपराधको सजाय दिइँदै भने थिइएन त्यहाँ । न कुनै यातना र जबरजस्ती नै भएको थियो। रोचक विषय त उनी त्यसरी थुनिन पाउँदा खुशी छन् ।

ती युवतीको बारेमा सुन्नेहरूले भने ‘मायामा पागल भएकी ।’ निकै सानो गाउँ, नेनामाराका प्रहरी अधिकारी रहमान र सजीताको कथा सुन्नेहरू त झन् सजीताको अवस्था प्रेमकै कारण भएको दावी नै गर्छन् । रहमान ३२ वर्षका भए र सजीता २८ वर्षीया ।

हालसालै उनीहरूसँग सम्बन्धबारे प्रहरीले कुराकानी गरे । दुवैलाई फरकफरक समय र ठाउँमा राखेर । उनीहरूको मत नबाझिएको सुनाउँछन् नेनमाराका प्रहरी अधिकृत दीपक कुमार । निष्कर्ष के निस्कियो भने, उनीहरू एकअर्कालाई अधिक प्रेम गर्छन् । यसमा कुनै शंका छैन ।

रहमान बिजुली मेकानिक हुन् र पेन्टिङको कामसमेत गर्छन्। उनी बेला बखत कामकै सिलसिलामा बाहिरसमेत जान्छन् । उनका बुवाआमा ज्याला मजदुरी गर्छन् र दिनहु काममा निस्कन्छन् ।

प्रहरी अधिकारीका अनुसार रहमान सजीताका लागि भान्साबाट खाना लिएर सजीता बसेको कोठामा जान्थे र आफैँले भित्रबाट बन्द गर्थे । त्यो ढोका सधैं बन्द रहन्थ्यो । जब कोही उनको कोठाको नजिक जान्थे, उनी आत्तिन्थे ।

सजीता बाथरूम वा नित्यकर्मको काम पनि तब गर्थिन् जब रहमानका बुवाआमा सुत्न जान्थे। यो सबै घटनाक्रम भइरहेको घर ठूलो र फराकिलो भने होइन । तीन वटा मात्र बेडरुम छन् त्यहाँ । प्रहरी अधिकृत भन्छन्,‘ त्यति सानो घरमा पनि सजीता त्यहीँ बस्छिन् भन्ने कुरा कसरी थाहा पाएनन् रहमानका आमाबुवाले ? यो रहस्यको विषय हो ।’

मार्चको सुरुवातमा रहमान अचानक गायब भए । उनी पेन्टिङको कामको बहानामा निस्किएका थिए । हराउनु अघि उनले लगातार दुई महिना काम गरेका थिए । केही रकम जम्मा भएपछि घरबाट निस्किएका थिए ।

जुन ८ मा रहमानका भाइ छिमेकी गाउँको यात्रामा निस्किएका थिए। घरबाट करिव ८ किलोमिटर पर गाउँ विथुनास्सेरीमा उनले आफ्नो दाजुलाई एउटा गाडीमा सवार देखे । उनले तत्काल ट्राफिक प्रहरीलाई आफ्नो हराइ रहेको दाजु त्यहाँ देखिएको जानकारी गराए । र, त्यस प्रेम कहानीबाट पर्दा उठ्यो जसलाई वर्षौ लुकाएर राखिएको थियो ।

तीन महिना पहिले रहमान आफ्नो बुबाआमाको घरबाट अचानक हराएका थिए । उनीहरूले त्यसबारे प्रहरीमा उजुरी समेत दिएका थिए।  प्रहरीले रहमानलाई रोके र प्रहरी चौकी लिएर गए। त्यसपछि सुनाए आफ्नो प्रेम कथा ।

रहमान र सजीता छिमेकी थिए । बिस्तारै एकअर्कासँग प्रेममा परे उनीहरू । सन् २०१० को फेब्रुअरीदेखि त सजीता करातपराम्बुस्थित रहमानको बुबाआमाको घरमै बस्ने गरी पुगिन् ।  सजीताको परिवारले उनी हराएको बारे प्रहरीमा रिपोर्ट त गराए तर उनी कहाँ पुगिन्, कुन अवस्थामा छिन् पत्ता लागेन । त्यतिबेला प्रहरीले रहमानसँग पनि सोधपुछ गरेका थिए । तर सजीता उनकै घरमा भएको पत्ता लागेको थिएन ।

उनीहरू धर्मका कारण आफ्नो प्रेम र वैवाहिक सम्बन्ध परिवारले नस्वीकार्नेमा ढुक्क थिए । त्यसैले यस सम्बन्धलाई लुकाए । न छुट्टिन सके न देखिन नै । कारण – अब उनी पछिल्लो दश वर्षजस्तो कष्टकर जीवन बिताउन चाहँदैनथे। घरबाट निस्किएर सजीतासँग स्वतन्त्र र फरक जीवन बिताउन चाहन्थे ।

दुबैजना हराउनुको रिपोर्ट प्रहरीमा दर्ता भएकाले दुबैलाई अदालतमा पेश गरिएको थियो । तर, दुबैले आफ्नो बयान दिएपछि र आफ्नो निर्णयमा खुशी रहेको सुनाएपछि उनीहरू रिहा भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि