बैशाख ०८, २०८१, शनिबार
               

कोरोनाबाट विदेशमा थप चारजना नेपालीको मृत्यु

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप चार जना नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कतारमा तीन जना र रुसमा एक गैर आवासीय नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

संघका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन भएको छ । उनका अनुसार  यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५४ देशमा ६५  हजार २८७  नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये  ६२ हजार  ६६३ कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन संघले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि