बैशाख ११, २०८१, मंगलबार
               

अष्ट्रेलियामा एक नेपाली पत्रकारको मृत्यु

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । अष्ट्रेलियामा एक नेपाली पत्रकारको मृत्यु भएको छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका पत्रकार टीका कार्की मृतावस्थामा भेटिएको बताइएको छ ।

मृतक कार्की हिमालयन रेडियोका सञ्चालक थिए । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले अष्ट्रेलियाका नेपाली समूदायलाई सुसूचित गर्दै आएको थियो ।

उनका आफन्तले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत मृतावस्थामा फेला पारेका थिए ।

बागलुङ घर भएका कार्की एक्लै बस्दै आएको सुतेकै अवस्थामा हृदयघात भएको आशङ्का गरिएको अष्ट्रेलिया प्रहरीले जनाएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमको लागि पठाइसकेको छ ।

यो पनि