बैशाख १४, २०८१, शुक्रबार
               

नयाँ कोरोना संक्रमणबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

दोहा । नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले श्रमिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ ।

दूतावासाले भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन भनेको छ । यस्तै, विभिन्न पर्व उत्सवहरु मनाउँदासमेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भीडभाड नगरी मनाउन पनि अनुरोध गरिएको छ ।

हाल कतारमा कोरोना सङ्क्रमितको संख्या १ लाख ४३ हजार २२२ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या २४४ जना पुगेको छ जसमा १८ नेपालीको पनि मृत्यु भएको छ ।

यद्यपि, कतारमा कोरोनाबिरुद्धको खोप भने सुरु भइसकेको छ । कतारमा  हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनुपर्नेछ ।अहिलेसम्म मास्क नलगाउने ४ हजार १०५ जनालाई पक्राउ गरिसकिएको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

नयाँ प्रकारको कोरोनाको जोखिम बढ्ने भन्दै साउदी, कुवेत, ओमान लगायतका मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका छन् । ती देशहरूले सीमा क्षेत्रका स्थल मार्ग र जल मार्ग पनि बन्द घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि